चितवन । देशभरका न्यून पूंँजीकरण खर्च भईरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर २ ले भने आर्थिक बर्ष ०७९\८०मा शतप्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । आज वडा परिषरमा भएको बार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा विनियोजन गरिएको सबै बजेट योजना तथा कार्यक्रममा खर्च भएको वडाले जानकारी दिएको हो ।
कार्यक्रममा योजनाका बारेमा जानकारी दिंँदै वडाका इञ्जिनियर सन्तोष पाण्डेले वडामा गरिएका भौतिक पूर्वाधारमा वडा नम्बर २ शतप्रतिशत सफल रहेको बताउनु भयो । बार्षिक योजना तथा कार्यक्रमको विवरण सुनाउंँदै उहांँले केही काम प्राविधिक तथा कानुनका कारण सम्पन्न हुन नसकेपनि वडाले तय गरेका योजना समयमै सम्पन्न भएको बताउनु भयो । वडास्तरीय तथा नगर स्तरीय योजना तथा कार्यक्रम शतप्रतिशत सकिएको बताउंँदै उहांँले संघ स्तरीय केही योजना अधुरो भएको उहांँको भनाई थियो ।
सुनुवाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि आमा समुहका अध्यक्ष एवं प्रतिनिधि तथा वडावासीको बाक्लो सहभागिता थियो । वडाले एकबर्षको अवधिमा उल्लेखनीय काम गरेको भन्दै वडावासीले प्रशंसा गरेका थिए ।
रामकृष्ण टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद रेग्मीले एकबर्षमा वडाले ढल निर्माण तथा सडक मर्मत तथा विस्तार गरेर उल्लेखनीय काम गरेको बताउनु भयो । आगामी बर्षमा टोल विकास संस्थासंग समन्वय गरी अगाडि बढ्न रेग्मीले सुझाव दिनुभयो ।
यस्तै रामेश्वर टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले वडाले तय गरेका काम समयमै पुरा भएको बताउनु भयो । उहांँले आगामी दिनमा अधुरा योजना तथा कार्यक्रमलाई छिटै कार्यन्वयनमा लैजान सुझाव दिनुभयो । सहभागी अन्य वडावासीले छोटो अवधिमा वडामा पूर्वाधार विकास निर्माणका काम भएपनि सवै टोलमा समानुपातिक र सन्तुलित ढंंगले बजेट विनियोजन गरी कार्यन्वयन गर्न सुझाव दिनुभएको थियो । यसको जवाफ दिदै वडा अध्यक्ष मनोज रानाभाटले एकबर्षमा टोल विकास संस्था र वडा वासीको चाहना र आवश्यकता अनुसार नै योजना तथा कार्यक्रम पुरा गरेको बताउनु भयो । आफूले वाचा गरेका अधिकांश प्रतिबद्धता तथा योजना समयमै पुरा गर्न सफल भएको भन्दै वडा अध्यक्ष रानाभाटले स्थानीय बासीको साथ र सहयोगबाट नै सफल भएको बताउनु भयो ।
अध्यक्ष रानाभाटले पांँचबर्षको अवधिका सबै योजना तथा विकास निर्माणका काम आफूले सांँढे तीन बर्षमै सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगाी दिनमा सेवाग्राहीको काम , वडाबासीको लागि सीप तथा क्षमता बृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उहांँले बताउनु भयो । आगामी बर्षको योजना तथा कार्यक्रममा वडालाई डिजीटल प्रणालीमा लैजाने भन्दै विभिन्न ठाउंँमा सिसिटीभी, स्मार्टलाईट जडान, हरेक घरको प्रोफाइल , जिपीआरएस प्रणालीलाई प्राथमिकतामा राखिएको बताउनु भयो । केही योजना तथा कार्यक्रम प्राविधिक तथा कानुनी झमेलका कारण सम्पन्न गर्न नसकिएको भन्दै उहांँले आगामी दिनमा अधुरा काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण वडा सचिव माधव सुबेदीले गर्नुभएको थियो ।