चितवन । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारबाट सुरु हुने बृत्ती मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पुरा भएको छ । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको सयुक्त आयोजनामा रत्ननगर १ निपनी स्थित होटल स्टार चितवनम मेला हुँदैछ । आयोजकले विहीबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पुरा भएको जानकारी दिएको हो ।
श्रम बजारमा रोगजारीको पहिचानको लागि मेला आयोजना गरिएको मेयर सापकोटाले बताए । इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा हुने मेलामा ३४ वटा स्टल रहने छन् । मेलाको करिब ५ हजार जनाले अबलोकन गर्ने, २ हजार जना युवाले बृत्ती परापर्श तथा ५० देखि १०० जना वेरोजगार युवाले रोजगारी प्राप्त गर्ने मेयर सापकोटाले बताए । विदेशबाट फर्किएका, कामको खोजिमा रहेका र सीप भएर पनि काम नपाएका युवाहरुलाई लक्षित गरी रोजगार मेला आयोजना गरिएको मेयर सापकोटाले बताए । रोजगारदाता र कामको खोजिमा रहेका युवाहरुलाई प्रत्यक्ष रुपमा भेट गराउने र रोजगारीको सुनिश्चितता गर्न मेला कोसेढुंगा सावित हुने उनले बताए ।
मेलामा बेरोजगार युवाहरुको क्षमता पहिचान र रोजगारको अबसरको खोजि गरिने छ । इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा हुने मेला आयोजना गरिएको हो । रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले वेरोजगार युवाहरुलाई रोजगारी सुनिश्चितताको लागि मेला आयोजना गरिएको बताए । नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले मेलामा परामर्श सेवा,सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी,रोजगारी सम्बन्धी सुचना र रोजगारदातासंग प्रत्यक्ष भेट र स्थानीय उत्पादनको प्रर्दशनी हुने जानकारी दिए । मेला दुई दिन सम्म सञ्चालन हुने कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले जानकारी दिए ।