चितवन । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८औँ स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनका अध्यक्ष केशव राज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामहरी ढकाल रहेका थिए ।
प्रमुख अतिथि सापकोटाले कार्यक्रमबारे प्रकाश पार्नुका साथै रक्तदान गर्ने ब्याग हस्तान्तर गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा ४२ जनाले रक्तदान गरेको महासंघका सचिव विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।
अतिथिहरुमा केन्द्रीय सदस्य डा अरुण सिग्देल, क्यान्सर विशेष जिल्ला कमिटी अध्यक्ष डा सन्जय पौडेल, नेपाल निजामति कर्मचारी संगठन चितवनका अध्यक्ष विष्णु प्रसाद ढकाल, पेशागत महासंघ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बैकुण्ठ गुरागाई, भरतपुर महानगर कमिटी अध्यक्ष एकनारायण अर्याल, ईच्छाकामना गाउँपालिका कमिटी अध्यक्ष भक्त बहादुर गुरुङ, राष्ट्रिय चिकित्सक संघ, चितवनका अध्यक्ष डा प्रतिक न्यौपाने, वागमती प्रदेश कमिटी सल्लाहकार संयोजक शोभाकर अधिकारी, क्यान्सर अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा देज कुमार गौतम रहेका थिए ।