पुस्कस अरेना ( बुडापेस्ट ) । बिहीबार राति भएको विश्वकप छनौट अन्तर्गत इंग्ल्याण्डले हंगेरीलाई ४–० ले पराजित गरेको थियो । सो खेलमा इंग्ल्याण्डका रहीम स्ट्रर्लिङ्ग र जुड बेलिङ्घमलाई निशाना बनाएर रंगभेदी टिप्पणी भएको आरोप छ ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी व्यवहारको छानबिन सुरु गरेको छ ।
हंगेरीका घरेलु दर्शकहरुले दोस्रो हाफमा इंग्ल्याण्डका खेलाडीलाई लक्षित गरि मैदानमा विभिन्न बस्तु फ्याँकेका थिए । फिफाले त्यस सम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको हो ।