चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा रोकी राखेको ट्रकमा एम्बुलेन्स ठक्कर खाँदा चार जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अबस्था गम्भिर रहेको छ भने अन्य एक जना समान्य र एक जना मध्यम घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १ः४० वजे मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको ग ३ च १५०८ नम्बरको एम्बुलेन्स रोकी राखेको ना ७ ख ६४ नम्बरको ट्रकमा ठक्कर खाएको हो । ठक्कर खाँदा एम्बुलेन्स चालक सहित सवार चार जना घाईते भएका हुन् ।
गोरखाबाट प्रसुतीको बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा ठक्कर खाएको हो । गम्भिर घाईते हुनेमा एम्बुलेन्स चालक र गर्भवती महिला गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको चितवन मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।