चितवन। युवा व्यवसायी एवं समाजसेवी शंकर कँडेलको असामयिक निधन भएको छ । भरतपुर–३, बेलचोकस्थित कार्यालयमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् ।उनले के कति कारणले आत्महत्या गरे भन्नेबारे प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।
उनी चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए । उनी नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् ।घटनाको थप विवरण आउन बाँकी छ ।