काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय अनुरूप दलले आफूलाई बदल्नुपर्ने बताएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले अब नयाँ ढंगले जुट्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना । परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी । आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ । जय नेपाल !’
वैशाख १० गतेको उपनिर्वाचनमा प्रमुख दलहरूको गठबन्धन पराजित भएको सन्दर्भमा महामन्त्री शर्माको धारणा आएको हो ।