नवलपुर। नवलपुरको मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताउनुभयो ।
दुर्घटनापछि प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताउनुभयो । मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।