चितवन।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेले राप्रपालाई ५ वर्ष सरकार चलाउन दिए देशमा बिकासको बहार ल्याएर देखाउने बताउनु भएको छ । बुधवार राप्रपा चितवनले आयोजना गरेको बृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले बिकास निर्माण लगाएतमा फड्को मार्ने बताउनु भएको हो ।
पूर्वमन्त्री पाण्डेले राप्रपालाई देश चलाउन दिए बिभिन्न राजमार्ग, युवा रोजगार लगाएत कलकारखाना क्षेत्रको बिकास गरिने बताउनु भयो । उहाँले आउदै गरेको चितवन क्षेत्र नम्बर २ को उपचुनावमा पार्टीका उमेद्धवार राष्ट्रवादी नेतालाई जिताउने गरि लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पुर्व मन्त्री पाण्डेले २ नम्बर क्षेत्रको मात्र नभई तीनै क्षेत्रका नेता कार्यकर्तालाई एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै उपचुनावका उमेदवार जीवलाल पुरीले आफ्नो उमेदवारी देश परिवर्तनको लागी रहेको बताउनुभयो । उहाँले आफ्ना उममेदवारी गणतन्त्र, धर्म निरपेक्षता र संघीयता परिवर्तनको लागी भएको स्पष्ट पार्नुभयो । उमेदवार पुरीले बिगतका ६२/६३ सालको परिवर्तनले देशमा सार्थकता नपाएको दावी गर्नुभयो । उहाँले देशमा परिवर्तन बिभिन्न दलका स्वार्थको लागी भएको बताउनुभयो ।