चितवन । माडी नगरपालिकाले डेढ लाख रुपैंयासम्म मुल्यांकन हुने अति बिपन्न नागरिकहरुको सबै घरहरुको निःशुल्क घर वीमा गरिदिने भएको छ ।
जंगली जनावरको आक्रमण, बाढी र आगलागी लगायतका विपद्हरुवाट माडी नगरपालिका क्षेत्रभित्र बर्षेनी घरहरु क्षती भई सर्वसाधारणलाई मर्का परिरहेको सन्दर्भमा नगरपालिकाले निःशुल्क घर वीमाको कार्यक्रम ल्याएको हो ।
यस अन्तरगत अधिकतम रु. १,५०,०००।- सम्म मुल्याङ्कन हुने अति विपन्न नागरिकहरुको घरहरुको वीमा गर्दा लाग्ने वीमा शुल्क नगरपालिकाले भुक्तानी गरिदिने माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । यसका लागि लाभग्राहीलाई आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ ।