चितवन । रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिकोत्सवको अबसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा ९ जना महिला सहित ४३ जनाले रक्तदान गरेका थिए । वडा नं ६ का वडाध्यक्ष किरण चौधरी प्रमुख अतिथि रहेको सो उद्घाटन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्याल, नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री राममणि खनाल,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, जनप्रगति सहकारीका अध्यक्ष विपी चौधरी लगायतले मन्तव्य राखेका थिए ।
रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बछौली रेडक्रस, लियो क्लव अफ चितवन सौराहा, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको सहआयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । संस्थाकी अध्यक्ष भागिरथी कुमारी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सरस्वती चालिसेले स्वागत मन्तव्य राखेकी थिइन ।