चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा २३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।
चितवन प्रहरीले फागुनमा मात्रै ३७ जनालाई नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ३७ प्रतिवादीबाट १७ वर्ष ६ महिना २ दिन कैद र १९ लाख ३१ हजार ८४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।