चितवन । नारायणगढको चर्चित कन्सल्टेन्सी सेन्ट्रल कलेजले विद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गर्ने भएको छ । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेल (वाइबी)ले चैत दोस्रो सातादेखि कलेजले बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । पोडेलका अनुसार पहिलो चरणमा पश्चिम चितवनको मेघौली, चनौली र पूर्वी चितवनको पदमपुर, खोलेसिमलका विद्यार्थीलाई बस सेवा प्रदान गरिने छ ।
शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले जापान र अष्ट्रेलिया क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । कलेजमा जापानिज भाषाका कक्षा, आइएलटिएस, पिटिई लगायतका भाषा सिकाउने कक्षाहरु सञ्चालित छन् । वर्किङ भिजामा जापान तथा कोरिया जान चाहनेहरुका लागि पनि कलेजले उचित परामर्श दिने तथा भाषा सिकाउने गरेको छ ।
कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । कलेजमा विद्यार्थीहरुको चाप बढ्दै गएपछि आफ्नै बस सञ्चालनमा ल्याइएको पौडेल बताउँछन् । बसले गर्दा विद्यार्थीको समय बचत हुने भएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरेको छ ।
हाल भाडाको घरमा सञ्चालित कलेजले अब आफ्नै भवन बनाउने तयारी थालेको पौडेल सुनाउँछन् । चितवनको कन्सल्टेन्शी जगतमा ब्राण्डका रुपमा स्थापित रहेको सेन्ट्रल कलेज विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय छ ।