चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत चितवनको वडा अधिबेशन भदौ २१ गते हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत अधिबक्ता कमलमोहोन पोख्रेलको उपस्थितिमा आज सम्पन्न जिल्ला समितिको बैठकले केन्द्रीय समितिले १८ गतेका लागि तय गरेको वडा अधिबेशन २१ गते गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले अधिबेशनको मिति तय गरे संगै पूर्ब पार्टी सभापति बिकास कोईरालाको क्रियाशिल सदस्यता कायम गराउन पुनः केन्द्रिय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । जिल्लामा हाल काँग्रेसका कृयाशिल सदस्यहरु २७ हजार ७ सय ९२ जना रहेको श्रेष्ठले जानकारी दिनुभयो । वडा अधिबेशनका लागि प्रजातान्त्रीक कानुन व्यवसायी संघ, प्रजातान्त्री प्रध्यापक संघ र शिक्षक संघलाई जिम्मा दिने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।
श्रेष्ठले जिल्ला अधिबेशन भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई अपिल समेत गर्नुभयो ।