चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आईतबार छुटपुट ५ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण गर्नुभएको छ ।
जग्गाधनी प्रमाणपत्र पाउनेहरु राष्टिय भूमि आयोग चितवनले भरतपुर–२ आँपटारीमा १ सय ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरणका क्रममा छुटेको थियो । राष्टिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमलसिनाले श्रीमान वैदेशिक रोजगारीकामा बाहिरा भएकाले लालपुर्जा प्राप्तीको प्रकृया पुगेको थिएन ।
प्रकृया पुरा भएसँगै अहिले थप ५ जनालाई जग्गाधनी प्रमाणपत्र दिईएको बताउनुभयो ।
महानगरपालिकाले आँपटारीबाट भूमिहिन दलितलाई जग्गाधनी प्रमाणपत्र दिएर यो कार्यको थालनी गरेको थियो । लालपूर्जा वितरण कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनलाई भूमिपति बनाउने अभियान जारी राखिएको बताउनुभयो ।सबै प्रकृया मिलााएर केही समयपछि लालपुर्जा वितरण गर्ने गरी राष्टिय भूमि आयोग चितवनले काम अगाडि बढाई रहेको उल्लेख गर्नुभयो ।
आयोगका चितवन अध्यक्ष बद्री तिमलसिनाले चितवन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका कारण आचारसंहिताले लालपुर्जा वितरणको काम रोकिएको बताउनुभयो । अध्यक्ष तिमलसिनाले निर्वाचनपछि भरतपुर–११ को भूमिहिन दलित र सुकुम्बासी,सेतोपुर्जा भएर अद्यवधिक गर्न बाँकी रहेका, सेतो पुर्जामा एक किस्ता वा दुई किस्ता राजस्व बुझाएका र स्वम सेतो पुर्जा रहेका व्यक्तिलाई लालपुर्जा दिने तयारी भईरहेको जानकारी दिनुभयो । आयोगले चितवन जिल्लाभरि नै निस्सा दिने काम सम्पन्न भईसकेको पनि जानकारी दिनुभयो ।