चितवन । चितवनमा आज भरतपुर–२९ को कविलास माविमा अध्ययनरत दुई छात्राले एकैदिन आत्महत्या गरेका छन् । कक्षा ९ र कक्षा ११ मा अध्ययनरत उनीहरुले केही घन्टाको अन्तरालमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
१८ वर्षीया सनु र १५ वर्षकी शिखा गुरूडले झुन्डिएर आत्महत्या गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । शिखाले बिहानपख र सनुले दिउँसोको समयमा आत्महत्या गरेका हुन् । घटना एउटै भूगोलको भए पनि एउटै विद्यालय भन्नेबारे पछि मात्र थाहा भएको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले घटनाले विद्यालय परिवार स्तब्ध भएको बताए । आत्महत्या गर्नुको कारण भने थाहा नभएको उनले बताए । यसै विद्यालयका एक छात्रले केही महिनाअघि आत्महत्या गरेका थिए ।