चितवन । भरतपुर महानगरले बालगृहहरुसँग अन्तरक्रिया गरेको छ । महानगरले आफ्नो क्षेत्र भित्र रहेका बालगृहहरुका सन्चालक एवं प्रतिनिधिहरुसँग शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा अधिकांश बालगृह सन्चालकहरुले बालगृह सन्चालन कार्यविधिलाई सजिलो बनाइदिन र महानगरले थप सहयोग गरिदिन आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै महानगर उप प्रमुख एवं बालगृह अनुगमन समितिका संयोजक चित्रसेन अधिकारीले बालगृह सन्चालकहरुलाई मापदण्ड पुर्याएर मात्रै बालगृह सन्चालन गर्न आग्रह गरे । कुनै पनि बालगृह बिना मापदण्ड सन्चालन गरेको पाइएमा महानगर कारबाही गर्न पछाडि पर्दैन उप प्रमुखले भने, समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गदर्छु । हामी कुनै पनि समयमा तपाईहरुको संस्थामा अनुगमन गर्न आउन सक्छौ उनले भने, त्यतिबेला मापदण्डअनुसार सन्चालन गरेको नपाइए कडा कारबाही हुन्छ ।
स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले महानगर भित्र हाल २३ वटा बालगृहहरु सन्चालनमा रहेको बताइन् । पौडेलका अनुसार २३ वटा बालगृहमा सरक्षित बालबालिकाको सख्या ६ सय ७८ रहेको छ । जस मध्ये बालक २ सय ९६ जना र बालिका ३ सय ४२ जना रहेको छ । उनले बालगृह सन्चालन गर्न कम्तीमा पनि २० जना पुग्नु पर्ने प्राबधान रहेको प्रष्ट पारेकि छिन् ।
कार्यक्रममा भरतपुर महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेल, उप सचिब गणेश नेपाली,महिला विकास अधिकृत शुशिला वाग्ले लगाएत बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएका बालगृहहरुका सन्चालक तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।