चितवन ।लागुऔषध र सवारी ज्यान कसुरमा चितवन जिल्ला अदालतबाट दोषी ठहर भएपश्चात फरार रहँदै आएका दुई प्रतिवादीलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
अदालतको २०७७ चैत १२ गतेको फैसलाले लागूऔषध कसूरमा ६ वर्ष १० महिना ६ दिन कैद र ७० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर महानगरपालिका–२४ बस्ने पदम बहादुर तामाङलाई हिजो नियन्त्रणमा लिई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
त्यस्तै, अदालतको २०७७ माघ १५ गतेको फैसलाले सवारी ज्यान कसूरमा २ वर्ष ११ महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर–२८ बस्ने हरी प्रसाद काफ्लेलाई पनि हिजो नै नियन्त्रणमा लिई आज अदालतमा उपस्थित गराईएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।