चितवन। नेकपा (माओबादी केन्द्र ) निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ रत्ननगरको शनिबार भएको दोश्रो भेलाबाट उमेश कोईरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
समितिको उपाध्यक्षमा अणनारायण श्रेष्ठ ,सचिब हरि बगाले ,सहसचिब उत्तम अधिकारी ,कोषाध्यक्ष मा किशोर नेपाली चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा आशाराम महत्तो ,प्रभुराम माझी ,हरि नेपाली ,कपिल परियार,कृष्ण खनाल ,शम्भु तामाङ्ग र शुक बहादुर कुमाल रहेका छन्।
भेलामा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एब रत्ननगर इन्चार्ज पूर्ण बहादुर अमगाई ( सुबोध ) ,नेकपा (माओबादी केन्द्र ) रत्ननगरका अध्यक्ष श्याम बराल ,पार्टीका महासंघ फ्याक्सन इन्चार्ज नन्दलाल दाहाल,माओबादीका जिल्ला सदस्य जीवन श्रेष्ठ मजदुर नेताहरु मणि बा ,श्यामराज बंशी लगायतको उपस्थिति रहेको थियो।