चितवन । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एबम प्रतिनिधीसभा सदस्य मेटमणि चौधरीले राष्ट्रपति निर्वाचन लगत्तै देशको राजनीतिले नयाँ कोल्टो फेर्ने बताउनुभएको छ । पार्टीको माडी नगर कमिटिले छरछरे मितेरी पार्कमा गरेको कार्यकर्ता प्रशिक्षण एवं संगठन सुदृढिकरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका चौधरीले सो दाबी गर्नुभएको हो ।
अहिलेको सरकारमा ओलीतन्त्र हाबी भएको जिकिर गर्दै उहाँले ओलीलाई किनार लगाउन प्रतिपक्षमा बसेको नेपाली काँग्रेस सरकारमा आउने जिकिर गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जसरी नेपाली राजनीतिमा उदाय, त्यसरी नै अस्ताउने उहाँको भनाई थियो । सरकारबाट स्वतन्त्र पार्टी बाहिरिए जस्तै राप्रपा पनि केही दिनमै सरकारबाट बाहिरिने उहाँले दाबी गर्नुभयो ।
नेकपा (एस)का माडी नगर अध्यक्ष पुरन महतोको अध्यक्षतामा सम्पन्न बनभोज सहितको प्रशिक्षण कार्यक्रममा सो पार्टीका चितवन जिल्ला अध्यक्ष कृष्ण पन्त, प्रदेश कमिटी सदस्य नारदमणि पौडेल लगायत जिल्ला, नगर र वडास्तरका अगुवा नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।