चितवन । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर भएपछि उपविजेता रहेका कांग्रेसका उमेश श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन् ।
१३ माघमा सर्वाेच्च अदालतले लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर गर्दै उनलाई सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो ।
सोही आधारमा आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले चितवन–२ बाट आफूलाई निर्वाचित भएको घोषणाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।