चितवन । प्रेस सेन्टर नेपाल, चितवन शाखाले भरतपुरको चौविसकोठीमा दीप प्रज्वलन गरि आफ्नो १९ औं स्थापना दिवस मनाएको छ ।
दीप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्यद्वय प्रकाशमणि ज्ञवाली र सन्तोष देउजा, बागमती प्रदेश सचिव सन्तोष देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, अग्रज पत्रकार चिन्तामणि अधिकारी, सुर्य बराल, पश्चिम चितवन पत्रकार मंचका अध्यक्ष अनिल भट्टराई, प्रेस सेन्टर रत्ननगरका उपाध्यक्ष सन्तोष बस्ताकोटी, प्रेस सेन्टर राप्तीका अध्यक्ष गोपाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।