चितवन । उपप्रधानमन्त्री,भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सबै पुर्वधार मध्येको मुख्य पुर्वधार शिक्षा भएको बताउनु भएको छ। भरतपुर १३ मा रहेको हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले शिक्षाको क्षेत्रको विकास विना अरु विकास ठिक दिशातिर लैजान नसक्ने र दिर्घजिवि बनाउन नसक्ने बताउनु भएको थियो ।
उहाँले भन्नु भयो– राज्यले पहिलो लगानीमा शिक्षामा गर्नुपर्छ । शिक्षामा गुणात्मक परिवर्तनगर्न यो सरकार प्रतिवद्ध छ ।श्रेष्ठका अनुसार यो सरकार सामुदायिक विद्यालय र आंगिक क्याम्पसहरुको शिक्षालाई गुणस्तरीय बनाउँन चाहान्छ । उहाँले आफु घुस,चाकडी र उपहार बाट सधै टाँढा रहने बताउँदै राजनितिक परिवर्तनलाई सामाजिकआर्थिक रुपान्तरणको निम्ती निस्वर्थ ढंगबाट अघि बढ्ने बताउँनु भयो ।
हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ईतिहासको प्रंशसागर्दै उहाँले यस विद्यालयलाई निरन्तर रुपमा अघि लैजना आफ्नो र सरकारको सधै सकारात्मक सहयोग रहने बताउँनु भयो । उहाँले थप विद्यालयभवन, खेलकुद मैदान संगै शैक्षिक उन्नततिका लागि सरकार र आफ्नो तर्फबाट सहयोग र उपयुक्त बातावरण बनाउँने बताउनु भएको थियो ।
२०३७ सालमा एउटा झुप्रो बाट सिकाईं सुरु गरेको हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयअहिले देशकै उत्कृष्टमध्ये एक सामुदायिक विद्यालय हो । नेपाल सरकार शिक्षामन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्धारा पाँच हजार सामुदायिक विद्यालयमा गरिएको कार्य सम्पादन मुल्याङ्कनको आधारमा ८५.३३ अंकप्राप्त गरी नेपालको ३० औँ र चितवनको प्रथम स्थान हाँसिल गर्न सफलभएको थियो ।
विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ। विद्यालयका प्राचार्य भानुभक्त सुवेदीका अनुसार तत्कालिन गितानगर गाविसको चम्पानगर, पृथ्वीनगर र उज्ज्वलनगरका अभिभावकहरुले विद्यालयको महसुर गरेर आफैँले सहयोग जुटाएर यस विद्यालयको स्थापना गरेका थिए । क्रमश विद्यालयमा भौतिक संरचना विकासको लागि २०४४, २०५० र २०६७ सालमा गरी ३ पटक धान्यपर्वहरु आयोजना गरिएको थियो । यहाँ अध्ययनका लागि विद्यार्थीको संख्या बढ्न थाले पछि अहिले प्रवेश परीक्षा लिने गरिन्छ। करिब एक हजार विद्यार्थीले अहिले यो विद्यालयमाअध्ययन गर्छन् ।
विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष गोपालकृष्ण न्यौपानेका अनुसार शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयले अतिरिक्त र ब्यवाहारीक शिक्षाको लागि विद्यालय अघि बढेको छ । विद्यालयले अंग्रेजी माध्यममार्फत पनि विद्यार्थी पठाउँदै आएको छ। निकट भविष्यमानै विद्यालय विविए र विसिएको विषय संचालनका लागि विद्यालयअगाडी बढ्दै छ । तत्कालिन राज्यबाट २०५६ साल जेठ ७गते देखि वेपत्ता पारीएको यस विद्यालयको उत्प्रेरक संस्थापक दण्डपाणि न्यौपानेको नाम जोडेर अहिले यस विद्यालयको नामकरण गरिएको छ ।