चितवन । चितवन जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दुई सय मेट्रिकटनले सुन्तला उत्पादनमा वृद्धि भएको हो । उहाँका अनुसार यस वर्ष एक हजार ३७ दशमलव ५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा एक सय २५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । सोही क्षेत्रफलमा गत वर्ष आठ सय ३७ दशमलव ५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नौ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष उत्पादन बढ्नुमा नयाँ रोपेका बोटले उत्पादन दिन सुरु गर्नु, कृषकले सुन्तला बगैँचामा राम्रो हेरचाह र मलजल गर्नुका कारण रहेका उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा सिँचाइको अभाव, बगैँचा व्यवस्थापनको कमी र पुराना बोट हुनु थियो ।” अहिले सुन्तलाका लागि उपयुक्त सिजन भएका कारणलेसमेत उत्पादन बढेको बताउनुभयो ।