चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले सहकारीहरु कै कारण जिल्लाको अर्थतन्त्रमा कायापलट आएको बताउनु भएको छ । चितवनको अर्थतन्त्रको मेरुदण्डको रुपमा चितवनका सहकारी सस्थाहरु रहेको स्मरण गर्दै उप प्रमुख अधिकारीले सहकारीहरुको दैनिक कारोबार कै कारण जिल्लाको अर्थतन्त्र थप मजबुत भएको पनि उल्लेख गर्नु भयो ।
मा मनकामना बचत तथा ऋण सहकारी सस्थाको १३ औ बार्षिक साधारणसभालाई आज नारायणगढमा सम्बोधन गर्न हुँदै उप प्रमुख अधिकारीले सहकारी बिना अर्थतन्त्र चलायमान हुन नसक्ने पनि प्रष्ट पार्नु भयो ।
अहिले बिश्व सगै नेपालको अर्थतन्त्रमा आएको उतारचढावलाई केही हद सम्म भएपनी सहकारी क्षेत्रले सहयोग पुर्याएको तर्क राख्दै उप प्रमुख अधिकारीले आर्थिक मन्दीको चपेटाबाट माथी उठाउन सहकारीले अभिभावकको भुमिका निर्वाह गरिरहेको बताउनु भयो ।
साथै उहाँले मापदण्ड बिपरित रहेका सहकारी सस्थाहरु सच्चिएर आउन पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा धनलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ,सुन चादी ब्यबसायी रुबिन रामुदामु,राष्ट्रिय सहकारी बैकका शाखा प्रबन्धक सन्तोष ढकाल लगाएतले मन्तव्य राख्नु भएको थियोे ।