काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई विश्वासको मत दिन अरु दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको संसदीय दलको बैठकले सबै दललाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि नेपाली कांग्रेससहितका दललाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय भएको उनको भनाई छ ।