चितवन । माडीको बसन्तपुरमा सम्पन्न मेयर उपमेयरसंग निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ५६५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
माडी नगरपालिकाको आयोजना, बघौंडा अस्पतालको समन्वय र पुरानो मेडिकल कलेज, भरतपुरको प्राविधिक सहयोगमा बघौंडा अस्पतालमा सम्पन्न स्वास्थ्य शिविरमा सो उच्च संख्याको स्वास्थ्य उपचार भएको हो ।
शिविरमा बालरोगका ३५ जना, स्त्रीरोगका ९० जना, हाडजोर्नीका २११ जना, मृगौला र पिसाबका ५४ जना, जनरलका १७५ जना गरी कुल ३६१ जना महिला र २०४ जना पुरुषले निःशुल्क स्वास्थ्य सेवा लिएको पुरानो मेडिकल कलेजका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले बताउनुभयो ।
शिविरमा पुरानो मेडिकल कलेजका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बुद्धिकुमार श्रेष्ठ, बरिष्ठ युरो सर्जन एवं युरोलोजी बिभाग प्रमुख डा. सुदिपराज के.सी, बरिष्ठ बालरोग विशेषज्ञ डा. बालकृष्ण कालाखेती, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुरज बिडारी, जनरल फिजिसियन डा. बिकास विश्वकर्मा र रेडियोलोजी बिभाग विशेषज्ञ डा. कुशल घिमिरेले बिरामीहरुको स्वास्थ्य उपचार गर्नुभएको हो ।