चितवन । भरतपुर महानगरपालिकामा ५–११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।
महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई पुस २२ र २४ गते खोप लगाइँदै छ ।
बालबालिकालाई महानगरको सबै वडाका स्वास्थ्य संस्थाहरुमा खोप लगाइने महानगरको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए ।