चितवन। पुर्बी चितवनकाे पहाडी क्षेत्रमा लगाईएकाे गाँजा र अफिम प्रहरीले नष्ट गरेकाे छ । राप्ती नगरपालिकामा २० बिगाहमा लगाईएकाे गाँजा र ७ कठ्ठामा लगाईएकाे अफिम नष्ट गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितका अनुसार कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीकाे नेतृत्वमा गएकाे टाेलिले दुई दिन लगाएर गाँजा र अफिम नष्ट गरेकाे हाे ।
राप्ती नगरपालिका वडा नं.११ स्थित थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला र वडा न. १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अबैध रुपमा लगाएको गाँजा र अफिम नष्ट गरिएकाे हाे ।