काबुल । अफगानिस्तानको काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थलबाट तुरुन्त हट्न निर्देशन दिएको छ । अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको अलर्टमा विमानस्थलको अब्बे गेट, पूर्वी गेट र उत्तरी गेटबारे उल्लेख गरिएको छ ।
अमेरिकी सैनिकले काबुल छोड्नुभन्दा पहिले आतंककारी हमला हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति जोड बाइडेनले राष्ट्रिय सुरक्षा टिमलाई सतर्क रहन चेतावनी दिएका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार काबुल विमानस्थलमा सुरक्षाको हर सम्भव व्यवस्था मिलाइँदैछ ।