काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ ।
सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकबाट बाहिरिएर पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष सीके राउतले आफ्नो पार्टीले उद्योग मन्त्रालय पाएको बताएका हुन् । ‘हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ, अब्दुल खान मन्त्री बन्नुहुन्छ ।’ उनले भने ।
जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । अहिले चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् ।