काठमाडौं । प्रधानमन्त्री दाबी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ७ दलको समर्थन जुटाएर प्रचण्ड आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसहित शितल निवास पुगेका हुन् । उनको पत्र दर्ता भएको शीतल निवास स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ।