चितवन,: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चितवन सहितका तीन जिल्लाको बिकासका लागि बृहत्तर योजना अन्तर्गत काम गर्नु पर्ने बताउनुभएको छ ।
भरतपुर मेट्रो प्प्लाजा(बहुउद्देश्यिय भवन)को आज यहाँ शिलन्यास समारोहमा बोल्दै उहाँले चितवन, नवलपुरको दाउन्ने सम्म र मकवानपुरको हेटौडालाई जोडेर एउटै बिकास प्राधिकरणको अबधारणा अन्तर्गत काम गर्नु पर्ने बताउनुभएको हो ।
यी जिल्ला मिलाएर बिकासको मोडालिटिमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र वन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “चितवका लागि मात्रै नभएर मकवानपुरको हेटौडा सम्म र नवलपुरको दाउन्ने सम्म एउटै बिकास प्राधिकरणको अबधारणा अन्तरगत बिस्तार पूर्बक बृहत्तर योजनामा जानु पर्छ ।”
आँफुले यो सपना देखेको भए पनि यस अघिको सरकारले चितवन र म प्रतिको हेर्ने दृष्ट्रिकोण फरक राखेका कारण काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अब बिकासका कामलाई गति दिने कोसिस हुने छ ।” आफैले वनाएको प्रधानमन्त्री म प्रतिनै सकारात्मक नहुँदा यहाँको बिकासमा समस्या आएको उहाँको भनाई थियो । जसले गठवन्धनबाट देशमा राजनैतिक स्थायीत्व र बिकास हुन्छ भनेर लाग्यो त्यही माथि प्रहार र निषेधको खेल भएको उहाँको गुनासो थियो ।
नेपालको परम्परागत राज्य व्यवस्था र संरचनाका कारण निजि क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने काम नभएका कारण बिकासमा पछि परिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “निजि क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने र उनीहरु संग भएको साधन स्रोत र क्षमताको अधिकतम प्रयोग गर्न उदारतापूर्बक आउने गरेको इतिहास होईन । हाम्रो पुरै नकारुात्मक उदाहारण र बिगत छ ।” संबिधानमानै सार्बजनिक, निजी र सहकारीको संयोजनमा नेपालको बिकासको मोडेल समाजबाद उन्मुख हुने छ भनेर लखे पनि व्यवहारिक रुपमा त्यस्ता आयोजना अघि वढ्न र निजि क्षेत्र संग भएको साधन स्रोत परिचालन गर्नमा राज्य राम्रो संग अघि आउन नसकेको उहाँले बताउनुभयो ।
अबको समय सामाजिक न्याय सहितको बिकासमा जानु पर्ने उहाँको भनाई छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न शिलन्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद शाह, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, कम्युनिष्ट नेता तेजेन्द्र वहादुर खड्का, महानगर उपप्रमुख पार्बती शाहा ठकुरी, भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डीत, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, विल्डर्सका कार्यकारी निर्देशक जिवन कंडेल, बिरोक एण्ड कम्पनीका अध्यक्ष रादेश पन्त, भरतपुर महानगरपालिकाका बरिष्ठ इन्जिनियर भरतकुमार आचार्य लगाएतले बोल्नुभएको थियो ।
सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्स एण्ड इन्जिनियरीङ प्रालिले भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा निर्माण र संचालन हुने गरि सम्झौता भएको हो । सम्झौताको मितिले निर्माणका लागि ३ वर्ष सहित ३० बर्ष पछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने छ ।
निर्माणाधिन बहुतले भरतपुर मेट्रो प्लाजा २ तला अन्डर ग्राउन्ड पार्किङ १४ तलाको हुने छ । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाइको रहने छ । भवनमा ५ तारे होटल देखि सिनेमा हल ,फुट कोर्टका साथै व्यवसायिक स्थलहरू हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर महानगरको मुख्य बजार लायन्सचोकमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा ११ कठ्ठा ७ धुर क्षेत्रफलमा निर्माण हुनेछ ।