चितवन । चितवनमा आज ३ जना कोरोना संक्रमणको मृत्यु, १०६ जना संक्रमित थपिएका छन ।
भरतपुर महानगरपालिकाका ६९ जना, खैरहनी नगरपालिकाका आठ जना, माडी नगरपालिकाका सात जना, रत्ननगर नगरपालिकाका १४ जना, राप्ती नगरपालिकाका पाँच जना, कालिका नगरपालिकाका दुई जना र इच्छाकामना गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या २३ हजार ४८० पुगेको छ।
त्यस्तै चितवनमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा एकरएक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। बुधबार चितवनका दुई जनाबाहेक अस्पतालहरुमा उपचाररत अन्य जिल्लाका संक्रमितको मृत्यु भएको छैन। बुधबारको तथ्यांकसँगै चितवनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३७३ पुगेको छ।