चितवन। चितवनमा पछिल्लो २४ घण्टामा थप १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा ८१ जना, चितवन मेडिकल कलेजमा ५४ जना, पुरानो मेडिकल कलेजमा १६ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ८ जना ,अन्य अस्पतालमा ३२ जना, भरतपुर महानगरपालिकामा ३ जना, माडी नगरपालिकामा १ जना र कालिका नगरपालिकामा २ जना गरी जिल्लामा थप १९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका २ जना र नवलपुरका १ जना रहेको कार्यालयले जनाएको छ ।
चितवनमा आईसीयूमा ७३ जना, भेन्टिलेटरमा २३ जना, एचडीयूमा ३९ जना र जेनरल बेडमा ८५ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।