चितवन। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीहरु नागरिक मैत्री बन्नु पर्ने बताउनु भएको छ । चितवनका सहकारीहरु अझै पनि नागरिक मैत्री बन्न नसकेको उहाको भनाइ छ।
सहकारीको जन्म जिल्ला चितवनमा भएपनी त्यसको साख जोगाउन र नागरिक मैत्री बन्न नसक्नु निकै दुःखद् क्षण भएको उहाले प्रष्ट पार्नु भयो । हिमाली ब्राह्रमी महिला बचत तथा ऋण सहकारी सस्थाले शुक्रबार भरतपुरमा आयोजना गरेको प्रोबेसन नारायणी कलस्टर दोस्रो समुहको नबौ कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले यस्तो धारणा राख्नु भएको हो ।
केही सहकारीहरुको बदमासी कै कारण सहकारी क्षेत्रले आफ्नो पहिचान गुमाउँदै गएको छ उहाँले भन्नू भयो, सहकारीहरुले सहकारीको मुल्य मान्यता र निति भन्दा बाहिर गएर सन्चालन भएकै कारण धरायसी हुने अवस्था आएको उप प्रमुखको टिप्पणी थियोे ।
गोष्ठीमा मगलपुर साकोस, सिद्विबिनायक साकोस, एभरेस्ट साकोस, पुष्पान्जली साकोस, फेन्सी साकोसा,प्रेरणा साकोस, सगुन साकोस, अथर्व साकोस, सजिलो साकोस, र हिमाली ब्राह्रमी साकोसका प्रतिनिधिहरुले छुट्टाछुट्टै सस्थागत प्रस्तुतीकरण गरेका थिए ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघको प्राबिधिक सहयोग रहेको गोष्ठीमा हिमाली ब्राह्रमी महिला बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष मिना कुमारी पाण्डे ढकाल , नेफस्कुन सन्चालक बिद्या कोइराला लगायतले मन्तव्य राख्नु भएको थियोे ।