चितवन । चितवन क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेद्वारले लोकतान्त्रिक वामगठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठलाई समर्थन गरेका छन । आज कालिका नगरपालिकामा भएको चुनावी कोणसभामा स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै डल्लाकोटीले रवि लामिछानेले पैसा खाएर चितवन क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उम्मेद्वारी दिएको सुनेपछि आफूले उमेश श्रेष्ठलाई समर्थन गरेको बताए । ‘पहिला म क्षेत्र नम्बर २ मा लड्ने र रवी क्षेत्र नम्बर ३ मा लड्न सहमति भएको थियो तर उनले पैसा खाएर धोका दिएपछि मैले उनको साथ छोडें ’ डल्लाकोटीले भने ।
आफू प्रतिगमन र मण्डलेको सधै विरोधमा रहेकोले कुनैपनि हालतमा त्यस्ता छद्मभेषी उम्मेद्वारलाई छाडेको उनको भनाई थियो । ‘म यही क्षेत्र बुझेको हिडेको व्यक्ति यस्ता धोकेबाज र मण्डलेलाई समर्थन गरेर चितवनका जनतालाई थप पछाडि धकेल्न हुन्न भनेर उमेश श्रेष्ठलाई समर्थन गरेको हुंँ ’उनले भने ।
क्षेत्र नम्बर २ मा श्रेष्ठ जस्तो स्वच्छ , विकासप्रेमी उम्मेदवार कोही नरहेको भन्दै आफ्ना पार्टीका साथीहरुकै सल्लाहामा समर्थन गरेको उनले बताए । ‘उहांँले यसअघि पनि पटक पटक संसद र मन्त्रालयमा काम गरेर देखाई रहनुभएको छ । आफ्नो सम्पूर्ण सम्पत्तिको आधा ट्रष्टलाई दिने घोषणा गरिसक्नु भएको छ । हामी जस्तो युवाले उहांँलाई सपोर्ट नगरे कसले गर्छ ’ उनले भने । जिल्लाका नेता तथा उम्मेद्वारले डल्लाकोटीले गरेको समर्थन र साथको स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल वडास्तरीय सभापति लगायत पांँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।