चितवन । नेपाली काँग्रेस (बि.पि.) ले चितवन क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई समर्थन गरेको छ ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नरहेको सो पार्टीले नेपाली काँग्रेसबाट कारवाहीमा परी स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेललाई समर्थन गर्ने जनाएको हो ।
पार्टीका जिल्ला सभापति टेकप्रसाद बसेलले आफ्नो पार्टीका नेता कार्यकर्ताहरु पौडेलको पक्षमा मत माग्न घरदैलोमा निस्किएको बताउनुभयो । पौडेलले बिपीबादको अनुशरण गरेको हुदाँ प्रत्यक्षतर्फ उहाँलाई समर्थन गरिएको बसेलको भनाई छ ।
काँग्रेस (बि.पी.)ले असअघि स्थानीय तहको निर्वाचनमा समेत पौडेललाई नै समर्थन गरेको थियो ।