चितवन । चितवन क्षेत्र नं ३ का स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले सबैको सल्लाहमा उमेदवारी दिएको बताउँदै कसैले उमेदवारी फिर्ता लिनुस वा दिनुस भन्दैमा आफुले उमेदवारी फिर्ता नलिने बताउनुभएकाे छ ।
स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भुईकटहर चिन्हबाट लड्दा चर्चा पाउनुभएका पौडेलले निर्वाचनको मिति नजिकिदै गर्दा हाल आफ्नो प्रचारप्रसारलाई व्यापक बनाउनु भएको छ ।
इमानदार र निष्ठाको राजनीति गरेर आएको बताउदै उहाँले स्थानीय तहमा पाएको जनमतबाट उत्साहित भएको र चितवन क्षेत्र नम्बर ३ का जनता आफ्नो साथमा रहेको बताउनुभयो ।