चितवन । पछिल्लो चौबिस घण्टामा चितवनमा थप १६७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । चितवनमा हाल सङ्क्रमितको संख्या २५३८ पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर महानगरपालिकामा ६६ जना ,खैरहनी नगरपालिकामा १५,माडी नगरपालिकामा ३, रत्ननगर नगरपालिकामा ३०, राप्ती नगरपालिकामा ७, कालिका नगरपालिकामा ३, इच्छाकमना गाँउपालिकामा १ जना थपिएका छन् ।
त्यस्तै, ठेगाना नखुलेको २६ जना र अन्य जिल्लाबाट थपिएका १६ गरि जम्मा १६७ जना रहेका छन् भने जिल्लामा १०१३१ जनामा परिक्षण गरिएको छ । हालसम्म चार जनाको मृत्यू भएको छ ।