काठमाडौं । नेपाल राष्ट्र बैंकले खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तिय संस्थाबाट आधार दरमा नै ऋण दिने व्यवस्था गर्ने बताएको छ ।
राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो । नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न यो व्यवस्था लागू हुने बताइएको छ ।