चितवन । लोकतान्त्रिक बाम गठबन्धनबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार डा. भोजराज अधिकारीले माडीमा धार्मिक र पर्यटकीय करिडोर बनाई धार्मिक पर्यटन विकास गरिने बताउनुभएको छ ।
चुनाबी घरदैलो अभियानका क्रममा माडी-९, अयोध्यापुरीस्थित राम मन्दिर पुग्नुभएका डा. अधिकारीले बाल्मीकि आश्रम, गोद्धक पाँचपाण्डव, सोमेश्वर हुँदै बैकुण्ठे क्षेत्रसम्मका धार्मिक र पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता अध्ययन गरी पर्यटकीय करिडोर बनाइने बताउनुभएको हो ।
यस क्षेत्रको धार्मिक पर्यटनको ‘सम्भावनालाई सफलतातर्फ लगी जनतालाई खुसी र सुखी राख्ने आफ्नो सपना रहेको’ डा. अधिकारीको भनाई थियो । उहाँले चितवन ३(ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकाल सहित मंगलबार माडी क्षेत्रमा घरदैलो र वडा कार्यालयहरु उद्घाटन गर्नुभएको हो ।