चितवन। काठ चिर्ने क्रममा दुर्घटना हुँदा माडी-९, बगहीँमा एकजनाको मृत्यु भएको छ ।
आराको प्रयोगबाट घरमै काठ चिर्ने क्रममा मुढालाई अड्याएको टेको लड्दा चिरानी मुढाले च्यापिँएर सोमबार दिउँसो माडी नगरपालिका-९, कृष्णनगर, राईटोल निवासी अन्दाजी बर्ष ६५ का थर्का बहादुर गुरुङको मृत्यु भएको हो ।
मुढाले टाउको च्यापिँदा गम्भीर घाइते हुनुभएका गुरुङलाई उपचारका लागि बघौंडा अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । गुरुङले माडी-९, बगहीँ निवासी भीम बहादुर दुराको घरमा काठ चिर्ने क्रममा सो दुर्घटना भएको थियो । मृतकको शव हाल बघौडा अस्पतालमा रहेको छ । घटनाको अनुसन्धान सुरु भएको माडी प्रहरीले जनाएको छ । स्वदेश एफएमको सहयोगमा