चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कृषि र उद्योगमा राज्यले कर छुट गर्नुपर्ने बताएका छन् । चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा उनले अब बन्ने एमालेको नयाँ सरकारले कृषि र उद्योगमा लगाउदै आएको कर छुट गर्ने प्रतिबद्धता जनाए ।
कृषिलाई आधुनिकीकरण गर्दै रोजगारी सृजना गर्ने गरी एमालेले नयाँ योजना ल्याउने उनको भनाई छ । मुलुकको समृद्धिको आधार कृषि र उद्योग रहेको भन्दै उनले सरकारले प्रर्बधनात्मक कार्यक्रम ल्याउनु पर्ने बताए ।
उनले सामाजिक सुरक्षा भत्तापछि अब युवा केन्द्रीत कार्यक्रम ल्याउने बताए । प्रविधिको प्रयोगले मात्र मुलुकको विकास हुने भन्दै उनले युवाहरुलाई प्रविधिसंग जोडेर विदेश पलायन हुनबाट रोक्नु पर्ने बताए ।