चितवन । चितवन–३ बाट प्रतिनिधिसभा सदस्य का उमेदवार एबम वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीले समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्ने योजना लिएर आफु चुनावमा भाग लिन आएको बताउनुभएको छ । स्वास्थ्य र शिक्षामा समाजवादी मोडल स्थापित गर्न सबै जनतासँग समान पहुँच पुग्ने गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
वरिष्ठ चिकित्सक डा. अधिकारीले जनताको समस्या सम्बोधन गर्ने भिजन बोकेर आएको बताउनुभएको छ । स्वास्थ, शिक्षा क्षेत्रको विकास र विस्तारसँगै समग्र योजना अघि बढाउन जिताउन आव्हान गर्नुभएको छ । भरतपुर–२५ मा चुनाव केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन र मतलाई एकिकृत गर्ने समय आएको बताउनुभयो ।
अहिलेसम्म प्राप्त नतिजाले असफल नभएको बताउँदै डा. अधिकारीले अबको नतिजाले पनि पहिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । व्यवस्था अनुसार अवस्था बदल्न यहाँको माटाेलाई सदुपयोग गर्ने उहाले बताउनुभयो। आफू नै आफ्नाे प्रतिनिधि हाे भन्ने रूपमा जनताको घलदैलाेमा जानुपर्ने उहाको भनाइ छ । असत्यका विरूद्व सत्य स्थापित गर्न उहाले अपिल गर्नुभयो ।
निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा माओवादी नेता गाेपाल न्याैपानेले जाेड दिनु भयो । उहाले देशको महत्त्वपूर्ण नीति निर्माणका लागि डा. भाेजराजलाई जिम्मेवारी दिन निर्वाचित गराउनुपर्ने बताउनुभयो।निर्वाचित गर्ने सुनाैलाे अवसरलाई सदुपयोग गर्न उहाको आग्रह छ ।