चितवन । निकुञ्जबाट बस्तीमा निक्लेको बाघले हिजो माडी नगरपालिका-३, पौहारीमा ३ वटा खसी मारेको छ ।
राती करीब १०ः३० बजे बस्तीमा आएको बाघले माडी-३, पौहारी गाउँ निवासी बाख्रापालक कृषक फुबर महतोले पाल्नुभएको ३ वटा खसी मारेको हो ।
बाघ आएर खसीबाख्राहरु मार्न थालेको थाहा पाएलगत्तै गोठमा ओर्लिएर महतोले टर्च बाली हल्ला गर्दै बाघलाई धपाउनुभएको थियो । बाघको घाँटीमा पेटी बाँधेको देखिएको महतोले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जले समस्यादायी बाघ नियन्त्रणमा लिएपश्चात बाघको घाँटीमा रेडियो कलरयुक्त पेटी बाँधेर पुनः प्राकृतिक बासस्थानमै छाडने गरेको छ । यस आधारमा निकुञ्जको अनुगमनमै रहेको बाघले समेत माडीका कृषकहरुको पशुचौपाया मारिरहेको देखिन्छ ।स्वदेश एफएमको सहयोगमा