चितवन । पछिल्लो २४ घण्टामा ७१ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या ९९३ पुगेको छ।
आज भरतपुर महानगरपालिकामा ३७ जना ,खैरहनी नगरपालिकामा २, माडी नगरपालिकामा १, रत्न नगरपालिकामा १, राप्ती नगरपालिकामा १, कालिकामा १ जना थपिएका छन् ।
त्यस्तै, ठेगाना नखुलेको १५५ जना र अन्य जिल्लाबाट थपिएका ३१२ गरि जम्मा १४६० जना रहेका छन् । हालसम्म जिल्लामा ७००९ जनामा परिक्षण गरिएको छ ।डेंगुका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ ।