काठमाडौं । कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई आजदेखि खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।
भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ६५ वर्ष माथिका जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो ।
जापानबाट ल्याइएको खोप आजदेखि प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा दोस्रो डोज अस्ट्राजेनेका खोप दिइन लागेको स्वास्थ्य सेवा विभाग अन्तरगतकाे खोप शाखाले जनाएको छ ।