काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।
कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रकाउ गरेको छ । प्रहरीले हतकडी लगाएर सन्दीपलाई विमानस्थलबाट बाहिर निकालेकाे थियाे । हतकडी रुमालले छाेपेकाे थियाे भने मुखमा माक्स लगाएकाे थियाे ।लामिछानेलाई गौशाला प्रहरी वृतमा लैजाने तयारी भैरहेकाे प्रहरीले जनाएकाे छ ।
उनी बिहान १० बजे विमानस्थलमा ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।
१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीपले मिति २०७९/०५/०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं. २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं. ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
उनीविरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।