चितवन। राप्रपा निकट महिला संगठनले चितवनमा चुनाव लक्षित अभियान सुरु गरेको छ । आज भरतपुर–२४ सिद्धार्थ चोकमा आयोजना गरेको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन भरतपुर महानगरले आयोजना गरेको कार्यक्रममा १ सय बढी महिला नेतृहरुको सहभागिता रहेको थियो । राप्रपा शिक्षा विभागका केन्द्रीय सदस्य डाक्टर बसन्त अधिकारीले प्रशिक्षण दिएका थिए ।
निर्वाचन प्रचारप्रसार अभियान नेतृत्व र रणनीतिबारे महिलाहरु प्रशिक्षित भएको महिला संगठन महानगरका अध्यक्ष संगीता थापा मगरले जानकारी दिइन । राप्रपाका तर्फबाट पूर्वमन्त्री तथा राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएपछि राप्रपाले चुनावी गतिविधि बढाइरहेको छ ।
राप्रपाका एजेण्डाहरुलाई जनताको घरदैलोमा पु¥याउदै सत्तारुढ दलले गरेका वेथितिविरुद्ध भण्डाफोर समेत गर्ने योजना बनाउन लागेका छन् । राप्रपाले जिल्ला, नगर तथा क्षेत्रस्तरीय भेला तथा गोष्ठीहरु धमाधम गर्न थालेको छ ।